काठमाडौँ—यही बैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मतदानस्थल र केन्द्र तोकिएको छ । नेपालअधिराज्यभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता, मतदान स्थल र मतदान केन्द्र टुंगो लगाएको हो । धेरै मतदान स्थल मधेस प्रदेशमा रहेको छ । ८ जिल्ला रहेको उक्त प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र छन् भने ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।

त्यसैरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र तोकिएको छ । यहाँ ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । वाग्मती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल, ४ हजार ९५ मतदान केन्द्र र ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल रहेको छ भने मा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन् । लुम्बिनी प्रदेशमा १ हजार ६ सय २९ मतदान स्थल र ३२ लाख १९ हजार ४ सय ५७ मतदाता छन् । कर्णाली प्रदेशमा ९ सय ७ मतदान स्थल र १० लाख १ हजार २ सय ८२ मतदाता संख्या छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल र १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको आयोगले जनाएको छ ।

०७९ सालको स्थानीय निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको आयोगले जनाएको छ । आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र अन्य १ सय ८३ मतदाता रहेका छन् । २०७४ सालको निर्वाचनपछि ३६ लाख ५९ हजार २ सय ९९ मतदाता बढेको छ । ५ वर्षअघि १ करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता कायम थिए ।

तोकियो ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ अधिकृतहरु

आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा तोकिएको छ । ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन तालिका

आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि  बैशाख ११ देखि १२ गतेसम्म उमेदवार मनोनयन पत्र दर्ता गर्ने, बैशाख १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गर्ने, बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारमाथिको दावी विरोधको समय तोकिएको छ ।

मनोनयन पत्र जाँच गर्ने बैशाख १४–१५ गते, उमेदवारको नामावली प्रकाशन  १५ गते, उमेदवारले नाम फिर्ता लिने र उम्मेदवारी अन्तिम नामावली प्रकाशन १६ गते, १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने रहेको छ । बैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल