काठमाडौ–पछिल्लो समयमा कोराना देखिपछि छिमेकी चीनको सांघाई सहरमा लकडाउन गर्न लागिएको छ ।
नयाँ सङ्क्रमित संख्या बढ्दै गएपछि लकडाउन गर्न लागिएको हो । यो चीनको सबैभन्दा ठुलो सहर हो । नौ दिनको समयावधिमा सहरको पूर्वी आधा भागमा बस्ने आधा ५ दिनका लागि १ अप्रिलसम्म त्यहाको सरकारले घरभित्र बस्न भनिएको छ ।
उनीहरुलाई अत्यावश्यक बाहेकका कामहरुमा प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक यातायातमा रोक लगाइएको छ । उद्योग तथा कम्पनीहरूको काम कार्यालय घरबाटै गर्नुपर्नेछ र सांघाईको पश्चिमी आधा भागमा शुक्रबारबाट लकडाउन गरिने बताइएको छ ।
कोरोनाभाइरस परीक्षण गरी संक्रमित पुष्टि भएमा अस्पताल तथा क्वारन्टीनमा पठाउने चीन सरकारले जनाएको छ । सांघाई चीनको ठूलो व्यापारिक केन्द्र हो । त्यहा“ करिब एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको बढिरहेको पाइएको छ ।
साभारः एजेन्सी
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !