नुवाकोट–नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति नुवाकोटले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको निजामती
सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको भएको युनियन अध्यक्ष निलमकुमार भुसालले बताए । उक्त निजामती ऐनको विषयमा सरकार र सरोकारवाला निकायलाई पटकपटक ध्यानाकर्षण गराएको कर्मचारी युनियनले जनाएको छ ।
कर्मचारी युनियनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष्ँ, पारदर्शी, भष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामूलक बनाउन ऐन अपरिहार्य भएको जनाएको छ । संघीय निजामती सेवा ऐन जारी नहु“दा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भमरीमा परेको निजामती युनियनका अध्यक्ष भुसालले बताए ।
युनियनले विभिन्न श्रेणीविहिन कर्मचारीको रुपमा करारदेखिमाथिका कर्मचारीका सेवा सुविधा, स्थायी गर्ने सम्बन्धमा समेत लामो बुद्धगत सूची सहित सरकारलाई बुझाएको छ । कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा उक्त ऐन रहेको निजमती युनियनले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !