काठमाडौं– स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ ।

मंगलबार पार्टीको सानेपामा भएकाे केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जनाएका छन् ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा काँग्रेसले जित हुने बलियो परिस्थिति, आधार बनेको अवस्थालाई आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय बैठक गरेको काग्रेसले जनाएका छन् । उम्मेदवार चयन गर्न पार्टीको विधान र प्रक्रिया अनुरूप नीतिगत निर्णय पार्टीले सर्वसम्मतबाट गरेको जनाएको छ ।


गठबन्धन दलहरूसँग तालमेल गर्न पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउने पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गरेको छ ।

प्रदेश, जिल्ला, क्षेत्रीय समिति तहमा पनि संयन्त्र बन्ने सम्बन्धित गठबन्धनमा रहेका दलहरू त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रीय समितिलाई वडाको अधिकार दिइएको छ, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरूलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको अधिकार दिइएको छ ।

काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रूपमा नेपाली काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल