काठमाडौ– दक्षिण एसियाली मुलुक श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको छ । राष्ट्रपतिको निवासबाहिर भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको एक दिनपछि सङ्कटकाल घोषणा गरिएको हो ।


कोलम्बोस्थित राष्ट्रपति गोटबय राजपक्षको निजी निवास नजिकै विहिबार प्रदर्शनकारीले छेकबारहरू भत्काएर सवारीसाधनहरुमा आगो लगाएका थिए।
अहिले त्यहाँ सेनालाई तैनाथ गरिएको छ । प्रर्दशनकारी पक्राउ गर्न थालिएको छ । श्रीलङ्का ठूलो

आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यो केही हदमा चरम विदेशी मुद्रा अभाव, इन्धन आयातको भुक्तानी गर्न नसक्दाको अवस्था भएको बताइएको छ । त्यहाँ दैनिक १२ घण्टाभन्दा बढी हुने विद्युत् कटौती, इन्धन र अत्यावश्यक खाद्यान्न तथा औषधिको अभाव छ । २ करोडभन्दा बढी आवादी भएको श्रीलंकामा आममानिसको आक्रोश बढ्दै गएको छ ।


श्रीलङ्का जस्तो हालत होला? अर्थसचिव भन्छन् ‘हामी चिन्तित छौँ तर निराश हुनुपर्दैन’
राष्ट्रपति भवन अगाडि भएको विरोध प्रदर्शनको घटना शान्तिपूर्ण रूपमा भइरहेको बेला प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गर्नुका साथै कुटपिट गर्न थालेपछि अवस्था हिंसात्मक बनेको हो


प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। उक्त प्रहारबाट कम्तीमा दुई दर्जन प्रहरी घाइते भएको बताइएको छ । शुक्रवार चारदर्जनभनदा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिएको र ५ जना फोटो पत्रकारलाई हिरासतमा राखी यातना दिइएको बताइको छ । अश्रु ग्यास प्रहारपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । विरोध प्रदर्शन देशका अधिकांश भागहरूमा बिस्तार भएको छ । राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

श्रीलङ्का सरकारले राजधानीमा दुई रात र पश्चिमी प्रान्त पनि कर्फ्यू आदेश दिएको छ । राष्ट्रपति राजपक्षले सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण र आपूर्ति र अत्यावश्यक सेवाहरू सुनिश्चित गर्न सङ्कटकाल घोषणा गर्ने निर्णय भएको बताए ।

सन् २०१९ मा बहुमत प्राप्त गरी सत्तामा पुगेका राजापक्षले देशमा स्थायित्वको प्रतिबद्धता जनाएपनि विरोध प्रदर्शनले उनको सरकारको लोकप्रियतामा ठूलो परिवर्तन भएको बताइएको छ ।

श्रीलङ्काको सङ्कटबाट नेपाल झस्कनुपर्ने
श्रीलङ्काको सङ्कटबाट नेपाल झस्कनुपर्ने अवस्था नरहेको विषय विज्ञहरुले जनाएका छन् । नेपालपनि निर्यात गर्ने मुलुकको सूचीमा अहिलेसम्मकै बढी छ । स्वदेशी वस्तुको निर्यात भन्दा बढी आयात भएपछि श्रीलंकाको हालतमा देश पुग्छ कि भन्ने चिन्ता थपिंदै गएको छ ।

साभारः एजेन्सीहरू

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल