काठमाडौ– बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ ।
नयाँ वर्षबाट लागू हुने गरी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडादर बढाएको हो ।
बिहिबार मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको छ ।
अब यात्रले चढ्ने वित्तिक्कै २० रुपैयाँ भाडा लाग्छ भने ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ कायम गरेको छ । त्यसैगरी १० किमी २५, १५ किमी ३० रुपैयाँ दर राखिएको छ । २० किमीसम्म ३३ रुपैयाँ र २० किमी भन्दा माथिको दूरी भए यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !