काठमाडौं–‘इन्स्टिते ले रोसी’ विश्वको सबैभन्दा महँगो विद्यालय भएको बताइएको छ ।

यहाँ एकजना विद्यार्थीको वार्षिक शुल्क १ लाख ३० हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ६० लाख नेपाली रुपैयाँ पर्छ । यो उत्कृष्ट विद्यालयको घर पनि हो । यो युरोपेली ७५ हजार अमेरिकी डलर वार्षिक शुल्क भएका करिब १० वटा विद्यालयको घर हो । यी मध्ये सबैभन्दा महँगो, पुरानो र प्रतिष्ठित बोर्डिङ स्कूल भनेको इन्स्टिते ले रोसी हो । यो विद्यालय पूर्व विद्यार्थीहरुको अति प्रभावशाली सूचीका कारण पनि असाध्यै महँगो छ ।

इन्स्टिते ले रोसीलाई ‘स्कूल अफ किङ्गस’ भन्नुको कारण पनि छ । स्पेनका राजा जुआन कार्लोस, इजिप्टका राजा किङ फौड दोस्रो र बेल्जियमका राजा अल्बर्ट दोस्रो पनि यहाँ पढेका थिए । यसका साथै इरानका शाह, आगा खान र ग्रीसकी राजकुमारी मेरी–चान्टलले पनि यहि स्कूलबाट शिक्षा हासिल गरेका थिए ।

युरोपका निकै प्रचिलित तथा धनाढ्य परिवारका सदस्यलाई दशकौँदेखि शिक्षा प्रदान गरेका कारण पनि यो विद्यालय विश्वकै महँगो बन्न गएको हो भन्दा फरक नपर्ला ।


सन् १८८० मा पल कार्नलद्वारा स्थापित इन्स्टितेले रोसी दुईवटा क्याम्पस भएको एउटा मात्रै बोर्डिङ स्कूल हो । लेक जेनेभाको किनारामा अवस्थितले रोलमा ओलम्पिक साइजको स्विमिङ पुल, टेनिस कोर्ट, सुटिङ रेन्ज र ४० मिलियन पाउन्डको कन्सर्ट हल छ । यसका साथै यहाँ एक शीतकालीन क्याम्पस पनि छ जहाँ विद्यार्थीहरुले धेरैजसो समय स्किइङ गर्दै व्यतित गर्ने गर्छन् ।

ले रोसीमा दिइने सुविधाहरु लोभ लाग्दो हुनुका साथै यहाँ ४२० विद्यार्थीका लागि १५० जना शिक्षक नियुक्त गरिएका छन् । प्रत्येक विद्यार्थीले उनीहरुले पाउनुपर्ने सुख सुविधा सुनिश्चितता लागि एउटा कक्षामा १० जनाभन्दा कम विद्यार्थी राखिन्छन् । रोसीले आफूलाई एक अन्तर्राष्ट्रियस्तरमा समावेशी संस्थानको रुपमा पेश गर्दछ जसले एउटा देशबाट केवल १० प्रतिशत विद्यार्थीमात्रै भर्ना लिने गर्छ ।

७ देखि १८ वर्ष उमेर समूहका लागि यहाँ ४२० जनाको सिट उपलब्ध छ । तीमध्ये ३० जना विद्यार्थीले यसकारण यहाँ पढ्न पाउँछन् किनभने यहाँ उनीहरुका अभिभावकले पढाउँछन् । यहाँ तीनजना विद्यार्थीले मात्रै छात्रवृत्ति पाउँछन् ।

विद्यालयका पाँचौँ प्रधानाध्यापक क्रिस्टोफर गुडिनले चर्को शुल्कका कारण विद्यालय अत्यधिक नाफामा छ भन्ने कुरा पुष्टि नगर्ने बताउँछन् । उनीहरु चन्दा लिनेको विरुद्धमा र पूर्ण रुपमा स्वतन्त्र हुन चाहने र केही कुरा कसैको नियन्त्रणमा बसेर गर्न नचाहने विद्यालयभित्र यो पर्छ । यो स्कूल अरु बोर्डिङ स्कूलभन्दा यति महँगो छ कि बेलायतको सबैभन्दा ठूलो र प्रतिष्ठित बोर्डिङ स्कूल इटनले यहाँको भन्दा आधा सस्तो शुल्कमा अध्यापन गराइरहेको छ ।
साभारः रातोपाटीबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल