काठमाडौं– देशको अर्थतन्त्र ध्वस्त बनाएर सरकारलाई असहयोग गरेको आरोप लगाउदै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी उनको कामकारवाही बारेमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको कार्यशैलीमाथि प्रश्न उठाउदै छानविन समिति बनाएपछि गर्भनर अधिकारी स्वतः निलम्बनमा परेका छन् । उनलाई अर्थसम्बन्धी गोप्य सूचन चुहाएको आरोप लगाइएको छ ।

शुक्रबार छानविन समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सहितको छानबिन समिति गठन गरिएको छ । उक्त समितिले एकमहिनाभित्रमा प्रतिवेदन पेस गर्ने समयसिमा निर्धारण गरिदिएको छ ।

गर्भनर अधिकारीको कामकारवाहीप्रति अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म रुष्ट भएपछि समिति गठन गरी निलम्बन गरिएको बताइएको छ । गर्भनर अधिकारी र अर्थमन्त्री जनार्दन शर्मा बीच अर्थतन्त्रमा देखिएको संकटबारे विवाद भएको थियो ।

अर्थमन्त्रीले शर्माले श्रीलंकामा जस्तो संकट उन्मुख अर्थतन्त्रमा देश नगएको बताउँदै आएका थिए भने गर्भनर अधिकारीले श्रीलंकाको बाटोमा गइसकेको टिप्पणी गर्दै आएका थिए ।
हालै उनलाई अमेरिकाबाट आएको भनिएको ४० करोड रूपैयाँलाई लिएर राष्ट्र बैंककै अधिकारीहरुले कमिसन बार्गेनिङ गरेको आरोप अर्थमन्त्रीले लगाएका थिए ।

सरकारले विलासी वस्तु आयात रोक्न अर्थमार्फत दिएको निर्देशन कार्यान्वयनमा भूमिका नखेलेको अर्को आरोप पनि लागेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल