काठमाडौँ — अविश्वास प्रस्ताव पास भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।

शनिबार मध्यराति पाकिस्तानको संसद् (राष्ट्रिय सभा)मा भएको कुल ३४२ कुल मतमध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव पारित भएको हो ।अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त भएका छन् ।

अविश्वास प्रस्ताव पारित भएपछि पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन)का अध्यक्ष शाहबाज सरिफले संविधान र कानुनलाई स्थापित गर्न चाहेको जनाएका छन् । त्यसैगरी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक दिन भएको बताएका छन् । प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट पदमुक्त गरिएको पाकिस्तानको इतिहासमा यो पहिलो घटना हो ।

यो भन्दा अघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेका थिए । उनीहरूविरुद्ध परेको अविश्वासको प्रस्तावको विपक्षमा बढी मत खसेपछि अजिज र भुट्टो दुवैका पद जोगिएको थियो ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा कुल १७५ सांसद रहेको जनाउदै विरोधका कार्यक्रम गर्दै आएका थिए । निवर्तमान सभामुख असद काइसरले सभामुख पदबाट राजीनामा दिएपछि आइतबार पीएमएल–एन पार्टीका अयाज सदिकले सदन सञ्चालन गरेका थिए ।

अविश्वासको प्रस्ताव पारितपछि सदनमा बोल्दै सदिकले आइतबार दिउँसो २ बजे नयाँ प्रधानमन्त्रीको नाम पेश गर्ने जनाए । आगामी पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सेहबाज सरिफलाई अघि सार्ने तयारी रहेको त्यहाँका संचारमाध्यमहरूले जनाएका छन् ।सन् २०१८ को अगस्तमा प्रधानमन्त्री खान सत्तामा पुगेका थिए ।

संसद्का ३४२ मध्ये १७२ सांसदको मत उनलाई आवश्यक थियो ।े खानको कित्ता छाडेका मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारको पक्षमा १६४ सदस्यमा सिमित भएको थियो ।


विपक्षी दलहरूले खानलाई सत्ताबाट हटाउने तयारी थालेपछि संसद विघटनको प्रस्ताव राष्ट्रपति आरिफ अल्भी समक्ष लगे । राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको भनेर प्रस्ताव पास भएको थियो ।
पछि संसद विघटनपछि पाकिस्तानी सर्वोच्च अदालतले मुदा परेर अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुनःस्थापना गर्दै बैठक बोलाउन सभामुखलाई आदेश दिएको थियो ।

एजेन्सीकाे सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल