काठमाडौ— पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चयन भएका छन् । संसद्मा बहुमत सांसदको समर्थन पाएपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री बन्न सरिफले इमरान खानलाई अविश्वास प्रस्ताव ल्याई हटाउन विपक्षी गठबन्धनको नेतृत्व गरेका थिए । सरिफ पूर्व प्रधानमन्त्री नवाजका भाइ हुन् ।

संसद्मा कायम ३४२ संसदसदस्यमध्ये सरिफलाई १७४ जनाले समर्थन छ । सरिफ सन् २०२३ को अगस्टसम्म प्रधानमन्त्रीमा बहाल रहने छन् । उनले खान सरकारले देशको अर्थतन्त्र बिगारेकाले सुधान गर्ने बताए ।

खानका समर्थकले भने षड्यन्त्रपूर्वक सत्ता परिवर्तन गरिएको भन्दै विभिन्न सहरमा विरोध प्रदर्शन गरेका छन् । विदेशीको इसारामा खानलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप खानका सर्मथकको दावी छ ।

शहबाज सरिफ सन् १९५१ सेप्टेम्बर २३ मा पञ्जाब प्रान्तमा जन्मिएका थिए । सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएपछि सरिफ परिवार अमृतसरबाट लाहोर बसाई सरेको थियो ।

सन् २०१८ को अगस्ट १३ पछि सरिफ पाकिस्तानी संसद् (राष्ट्रिय सभा) मा विपक्षी दलको नेता थिए । उनी सन् १९९७ मा पहिलोपटक पञ्जाबको मुख्यमन्त्री निर्वाचित भए । उनी ३ पटक मुख्यमन्त्री भएका थिए ।

सन् १९९७ को सैनिक कु पछि सरिफ परिवार साउदी अरबमा निर्वासित भए । सन् २००७ मा देश फर्केको १ वर्षपछिको निर्वाचनमा दोस्रो र सन् २०१३ मा तेस्रो पटकमुख्यमन्त्री बने । सन् २०१८ को आमनिर्वाचनमा सांसदमा विजयी भएपछि विपक्षी दलको नेताको भूमिका निर्वाह गर्दै आएका थिए ।

उनी र उनका छोरालाई सन् २०१९ मा पाकिस्तानको भ्रष्टाचार सम्बन्धी २३ वटा मुदा सहित सम्पत्ति रोक्का भएको थियो । सन् २०२० को सेप्टेम्बरमा पक्राउ परेका सरिफलाई लाहोर उच्च अदालतले २०२१ को अप्रिल १४ मा धरौटीमा रिहा भएका थिए । उनी व्यावसायिक घरनाका हुन् र उनको स्टिल कम्पनी इत्तेफाक ग्रुपका मालिक छन् । स्रोतः एजेन्सी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल