काठमाडौँ — वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ ।

शनिबार चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याइएको थियो । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइएको थियो । सेतो मच्छिन्द्रनाथलाई नागको प्रतीकको रुपमा पुगिने गरिन्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गर्ने चलन छ । काठमाडौंको पुरानो बस्तीको सहरको भित्री भाग हुँदै गरिने यो रथयात्रा तीन दिनसम्म चल्छ ।
असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु¥याइएको थियो । असन पुर्याइएपछि राति राष्ट्रध्यक्ष्ँबाट पूजाअर्चना समेत गरिएको थियो ।

दोस्रो दिन असनबाट हनुमान ढोका अगाडि र तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर लगनटोल पुर्याएको थियो ।

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिएको थियो । मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगेपछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाइएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल