नुवाकोट–आसन्न निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

विदुरनगरपालिका वडा १ ढुंगेभन्दा पर त्रिशूलीमा शनिबार कार्यालय स्थापना गरेको हो । राप्रपा बागमती प्रदेशका प्रवक्ता विष्णु सापकोटाले पार्टीको बोर्डको अक्षर पढेर कार्यालय स्थापनाको उद्घाटन गरेका थिए ।

चुनाव पचारप्रसार गर्ने उद्देश्यका साथ पार्टी कार्यालय स्थापना गरिएको उनले बताए । पार्टी कार्यालय स्थापना कार्यक्रममा जिल्ला अध्यक्ष कुलबहादुर खड्गी, सचिव दिपेश पाण्डे, राप्रपाका नेता तथा अघिल्लो स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार पूर्णलाल श्रेष्ठ, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पार्टीले यही ३० गते शुक्रबार हुने निर्वाचनका लागि वडा १ का उम्मेवदवारको सूची समेत सार्वजनिक गरेको थियो । वडा नम्बर एकको लागि अध्यक्षमा प्रकाश जोशी र सदस्यहरु ज्याउलहक मिया“, माधव घिमिरे, सुष्मा अधिकारी थपलिया, सिता मिजार रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल