नुवाकोट–परापूर्वकालदेखि चलिआएको लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) दुई वर्षपछि सुरु भएको छ ।

नुवाकोटको सिन्दुरे जात्राको नामले परिचित यो जात्रा हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन साततल्ले दरवार भन्दा परको दक्ष्ँिणपश्चिम भागमा रहेको बुढी भैरबी मन्दिर परिसरमा ४२ हात लामो लिंगो ठड्याई र त्यसपछि अलिमाथि छोरी भैरबी मन्दिर पछाडि भागमा अर्को लिंगो ठड्याएपछि भैरवी बर्षबन्धन अर्थात सिन्दुरे जात्रा पर्वको सुरुवात हुन्छ । लिंगो ठड्याउनुभन्दा पहिला यहा“ रहेकी जिवित कुमारी दिनेशा डंगोलको हातबाट भैरवी मन्दिरका पूजारी तथा धामी (हरिमानसिं डंगोल)ले साइतमा स्नान कार्य गरेका थिए । त्यसपछि बारुद मात्र पड्काईने बन्दुक पड्काएपछि धामीलाई भोटो,जामा पोशाक सहित गरगहना, मुकुट, बाला, चा“दीको पेटी, डमरु पात्र आदि पहिराइन्छ । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिन्छन् । अनि नुवाकोट मौला अमाल प्रमुख व्दारे महेन्द्रकुमार शाहीको घरबाट पूजा विधि गरेपछि काठमाडौबाट आएका तान्त्रिक बज्राचार्य(गुभाजु)ले मन्त्रोचारण गर्छन् । भैरवी गुठीगुठियारले धामीलाई पूजा गर्छन् । त्यसपछि गुभाजुले धामीधमिनीलाई भैरवभैरवी चढाउने विधि गर्छन् । महाबलि दिन्छन् ।

भैरवीको मुकुटलाई खटमा राखेर पूजाविधि गर्दै धामी र धमिनी सहित विदुरनगरपालिका वडा ५ देवीघाटमा रहेको बहिनी जालपादेवी मन्दिर जाने चलन छ । भैरवीको मुकुट सहितको खट बोक्नका सूर्यगढीगाउँपालिका वडा १ लच्याङका तामाङ समुदायका गुठियारले बोक्छन् । धामीधमिनी र अन्य गणलाई तलेजु मन्दिरमा गुभाजूले विशेष पूजाआजा गर्छन् । त्यसपछि भैरवी र गण (देवी र गणका मुकुट राखिएको) गणसहितको खट, धामीधमिनी सहित भैरवी मन्दिरदेखि दक्षिणमा पर्ने सूर्यमति र त्रिशूलीको संगमस्थल देवीघाटमा रहेको जालपादेवी मन्दिर तर्फ प्रस्थान गर्छन् । शनिबार विषेश बाजागाजा सहित खट भैरवीथानबाट बोक्दै धरमपानी, बाराहीको जंगल, बाराहीथान, बट्टार, पुरानोबजार, इनारपाटी माझिटार, ठूलो बगैचा हुदै देवीघाट जाने प्रचलन छ ।

शनिबार जीवित देवगणको रुपमा पुजिने धामीधमिनी र खटमा रहेका देवी र उनका गणको मुकुटलाई भक्तजनले ठाउँ–ठाउँमा पूजा गरी बलि चढाए । त्यहा“ धामीले त्रिशूली नदीमा नुहाएर विछ्याएको कपडामा हिंडाउदै जालपादेवी मन्दिर पुर्याएका छन् । शनिबार राति देवी जालपाको थानमा माइती पक्ष्ँ भनिने लिखुगाउँपालिका ४ का गणखारका राई समुदायले ल्याएको चुने रंगको बोको बलि चढाएपछि धामीले अन्य बलि लिन्छन् । शनिबार रातिभरि बलि खाने र माइती पक्षले बलिपछि छुट्दै ठूलो टपरीको ठहरमा धामी र धमिनीलाई शेषभुजा चढाएर पुनः बलि लिन धामी जालपा मन्दिरमा जान्छन् । धामीले बलि लिएको हेर्ने भक्तजनहरु हजारौ हुन्छन् ।

गोरखाका राजा पृथ्वीनारायण शाहले यही भैरवी र जालपादेवीले सपनामा आएर आफ्नो पूजा गरेमा नेपाल एकीकरण गर्न सकिने बताएपछि राजाले गोप्य रुपमा यिनै देवीलाई पूजा गर्न लगाई नुवाकोटमाथि जित्न सफल भएका थिए ।

त्यसैगरी नेपाल, तिव्वत र चीन बीच युघ हु“दा भैरवीले आफ्नो सेना पठाएर शुत्रलाई परास्त गराएपछि नेपाल जोगाउन सफल भएको किवदन्ती छ । तत्कालीन शासकले देवीभैरवीको सुनको मोलम्वा सहितको छानो हालिदिएका थिए । त्यसैले नेपाल एकीकरणको सुरुवात पनि यीनै देवीले गरेकाले सामान्यदेखि राजासम्म आएर देवीको पूजाआराधना गर्ने गर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल