काठमाडौँ– सरकारले निलम्वन गरेका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतको आदेशपछि काममा फर्किएका छन् ।
गत २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई सर्वोच्चले राष्ट्र बैङ्क फर्किने बाटो मंगलवार खुलाइदिएको हो ।
सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलवार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो। तर, सर्वोच्चले यो सँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको छ । सर्वोच्चले विस्तृत आदेश र छलफलका लागि गर्भनर र सरकार पक्षलाई १३ वैशाखमा बोलाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !