काठमाडौं–स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म नेपालअधिराज्यभर १ लाख ४ हजार १ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको जानकार िअनुसार सोमबार रातिसम्मको मनोनयन दर्ता गर्ने कार्य जारी छ ।

आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाको उम्मेदवारी दिएका छन् । त्यसैगरी पालिका अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी वडा अध्यक्षमा २५ हजार ६४ जना, दलित महिला सदस्यमा १७ हजार ४ सय ६७ जना छन् । त्यसैगरी महिला खुल्ला सदस्यमा ३६ हजार ४ सय ८८ जनाको मनोनयन परेको छ । नेपालअधिराज्यभर निर्वाचित हुने सबैपदमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल