काठमाडौं– स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले ७२ जिल्लाका लागि दुई करोड बराबरको मतपत्र छपाई गरेको छ ।
आयोगले विहिबार १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाई गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भैसकेको जनाएको छ ।
यही बैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि १ लाख ५३ हजार २ जना उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्ष्ँमा ३ हजार ३ सय ८३, उपप्रमुख २ हजार १६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडाध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाले उम्मेदवारी दर्ता गराएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !