काठमाडौं — श्रीलंकामा आर्थिक संकट परेसँगै हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको विभिन्न संचारमाध्यले जनाएका छन् ।
झडपमा १३० भन्दा बढी घाइते भएका छन् । त्यहा“का संचारमाध्यनले जनाए अनुसार पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
सरकारले कर्फ्यू लगाइरहँदा पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ ।
हालै प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र धरपकड गरेको बताइएको छ । श्रीलंकामा २ करोड जनसंख्या छ । आर्थिक संकटसँगै पछिल्लो समय राजनीतिक संकट चुलिंदै गएको छ ।
यसअघि राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रबार बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !