काठमाडौँ— सरकार विरुद्ध हिंसात्मक प्रदर्शनपछि श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।
श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त गरिएको छ । नयाँ प्रधानमन्त्री नियुक्तपछि धराशायी बनेको त्यहाँकाु अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।
बिहीबार उनलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन् । आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।
राजापाक्षेले राजीनामा दिएपछि विपक्षी दलका शीर्ष नेताहरूले राष्ट्रपतिले राजीनामा दिन दवाव दिइरहेको बताइएको छ । विक्रमासिंघेको यो पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !