काठमाडौँ– सिन्धुली गोलन्जोर गाउँपालिका वडा ४ का १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा ’टिनएजर’ (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गराउन सफल भएका छन् ।


उनको उचाइ ७३ दशमलव ४३ सेन्टिमिटर अर्थात २ फिट ४ दशमलव ९ इन्च रहेको छ । उनलाई हालै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले प्रमाणपत्र दिएका छन् । संसारको सबैभन्दा होचो टिनएजर(पुरुष) डोरबहादु खपांगी भनेर जन्ममिति इस्वी सन् १४ नोभेम्बर २००४ रहेको छ ।

यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि पाएकी थिइन् । उनको उचाइ ६१ दशमलव ९५ सेमी थियो ।

खपांगीले गएको कात्तिक दोस्रो साता आफ्नो नागरिकता लिएका थिए । उनलाई नागरिकता दिनुअघि स्थानीय प्रशासनले उमेर यकिन गर्न चिकित्सकको सहयोग लिइएको थियो । सामान्य बोल्ने उनी अशिक्षित छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल