काठमाडौँ —संघीय र प्रदेशसभाको निर्वाचन आगामी मंसिर तेस्रोसाता अघि गर्न पर्ने देखिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ गते सकिने निष्कर्ष निकालेपछि राजनीति वृत्तमा देखिएको अन्यौलता हटेको हो ।

आयोगले आउँदो मंसिर २२ गते कार्यकाल सहिने सहितको सुझाव सकारलाई दिने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको मंसिर २२ सम्म रहेको र सरकारलाई छिटै त्यसबारे जानकारी गराउने जनाएका छन् ।

नेपालको संविधान २०७२ मा ५ वर्ष भनेर लेखिएको छ भने प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार निर्वाचित भई प्रमाणपत्र लिएसम्मको अवधिलाई मानिन्छ । त्यस अनुसार पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मिति मंसिर २२ गतेलाई आधार मान्नुपर्ने प्रावधान रहे अनुसार आयोगले सरकारलाई उक्त सांसदको अवधि सकिन्छ ।

त्यसपछि प्रदेशसभा प्रतिनिधिसभा र सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले नयाँ निर्वाचनको मिति तोक्ने व्यवस्था छ । २०७४ सालमा संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हिमाली क्ष्ँेत्रमा २०७४ मंसिर ११ गते र अर्को पहाड तथा तराई क्षेत्रमा मंसिर २१ गते दुई चरणमा भएको थियो ।


स्थानीय तह निर्वाचन गएको बैशाख ३० गते शुक्रबार भएपछि राजनीतिक दलहरु संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल चलाईरहेका छन् ।े सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी कात्तिकमा प्रदेश तथा संघीय प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले पनि मंसिर अघि निर्वाचनका लागि सकारात्मक देखिएको बताइएको छ । राष्ट्रिय सभाको कार्यकाल फागुन २१ देखि नयाँ कार्यकालका आधारमा निर्वाचन हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल