काठमाडौँ—वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको कुमारीपाटी ल्याइएको छ ।

वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा सुरु गरिएको रथ बुधबार ललितपुरको कुमारीपाटी ल्याइएको हाे । रथ तानेर ललितपुरको लगनखेलमा पुगेपछि नरिवल खसालिन्छ । रथ जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएर जात्रा समापन गरिन्छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिन्छ । यस जात्रामा संघीय उपत्यकावासीले श्रद्धापूर्वक पूजापाठ र भोज खाने गर्छन् । रथलाई हरेक वर्ष जात्रा अवधिभर ललितपुरको टोल घुमाउने प्रचलन यद्यपी रहिआएको छ ।

यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म २ महिना मनाउने गरिन्छ ।
रातोमच्छिन्द्रनाथ नेपाल आएको किंवदन्ती
नेपालमण्ड गुणकामदेव भक्तपुरका आदर्श राजा थिए । गुणलक्ष्मी छोरी थिइन । उनी एकपटक रोएर कसैले फुलाउन सकेन । अनि राजाले तिमी यसरी रोइरहेमा खेल्न राखिएको सेता स्याल आकारको वस्तुसंग विवाह गराइने दिनेछु भनेपछि चुप लागे । पछि राजाले बोलेको कुरा पर्कान नमिलेपछि हुर्केकी उनकी छोरीलाई नारायणरुप धारी स्यालसँग विवाह गरिदिए । पछि नेपालमण्डलमा लगाएको धानबाली खोस्टो मात्र भए । राजाले नारायण रुपी स्यालसँग सल्लाह गरे । आफ्नो पालामा नभई छोरा नरेन्द्र देवको पालामा वालीनाली र अनिकाल छार्न रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि सबै समस्या समाधान हुने बताए । अनि राजाको शान्तिकर बज्राचार्य गुरु थिए । उनी तान्त्रिक समेत थिए । नेपाल खल्डोमा पानी नपरेर अनिकाल लाग्न थाल्यो । स्वयम्भुलाई पूजा गरे स्वयम्भु पछाडिको गोछबु पर्वतमा राजा र तान्त्रिक शान्तिकर गए । शान्तिकरले त्यहा“बाट ध्यानदृष्टिले हेरे । कानफट्दा गुरु गोरखनाथ छन् । उनी नारायण समेत हुन् । उनले नेपाल खाल्डोका ९ वटा नागलाई तान्त्रिक विधिले बाँधेर आफ्नो आसनमा राखी पशुपतिनाथको पारिपट्टी मृगस्थलीमा बसेका छन् । गुरु गोरखनाथ यन्त्रतन्त्र योगका गुरु समेत हुन् । राजा नरेन्द्र देवले अनिकाल हटाउन र गुरु गोरखनाथलाई आसनबाट उठाउन मच्छेन्द्रनाथ ल्याउनु पर्ने राजालाई बताए । मच्छेन्द्रनाथ कामरुपकामख्या भन्ने यक्षका राजा शशी र रानी मायाका कान्छा छोरा थिए । कामुनी सहरमा बस्थे । उनका ५ सय जना छोरामध्ये उनी कान्छा थिए । अब राजाले शान्तिकरबाट भगवान करुणामय रातोमच्छेन्द्रनाथलाई ल्याउन शिष्य बन्धुदत्त बज्राचार्यलाई पठाउने भए । गोरखानाथका गुरुलाई नल्याएसम्म देशमा वर्षा हुँदैन । शान्तिकरको सल्लाह अनुसार यींः बाट बन्धुदत्त, खोपः बाट नरेन्द्र देव र यीलः बाट रथचक्र ज्यापु मिलेर बाटोमा भेटिएका कर्कोटक नाग राज सहित यक्षको देशबाट रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याए । गुरु आएको चालपाएपछि गोरखनाथ उठे र उनले राखेका नागहरु फुक्का भई वर्षा भयो । रातो मच्छिन्द्रनाथ आएपछि नेपाल आएपछि बालीनाली उत्पादन राम्रो हुन थाल्यो भने धानको गेडाभित्र विज लाग्न थाल्यो । यसरी नेपालखाल्डोमा सहकाल आएको भन्दै राजा नरेन्द्र देवले मच्छिन्द्रनाथको जात्रा चलाए ।
जावलाखेल पुगेपछि भोटो देखाइन्छ । जावलाखेलमा रथ पुगेपछि राष्ट्रध्यक्ष लगायतले पूजा र भोटो हेर्ने चलन छ । परापूर्वकालमा कर्कोटक नागराजका नागिनको आ“खामा समस्या देखिए छ । उनी नागीनको उपचारका लागि बैद्य खोज्दै हिंडेपछि बल्ल बैद्य फेला पारेर ल्याई उपचार गराए । केही दिनपछि बैद्यलाई आफूले गरेको उपचारले नागीन ठीक भएकी भइन्न् बुझ्न गए । नागीनको आँखा ठीक भएकाले बैद्यलाई मिठान्न बनाई खुवाएर उपहार स्वरुप एउटा मणि जडित भोटो दिए । उनी भोटो लगाएर खेत खन्न जाने गर्थे । खेतमा जँदा मणि जडित भोटो शौच गर्दा नलगाउनु भनेकाले वैद्यले फुकालेर खेतको आलीमा राखे । एउटा भुत त्यहींबाट आएर जानेक्रममा आलीमा वैद्यले राखेको भोटो देखेपछि लगाएर हिंड्यो । बैद्य भुतको पछिपछि जांदा अहिलेको जावलाखेलमा रातोमच्छिन्द्रनाथको जात्रामा भुत उभिएर जात्रा हेरेको देखे । भुतलाई समोतर भोट माग्दा दिएन । खोसासोस भएपछि राजा नरेन्द्र देवले देखे । अनि भोटोको कसको हो भनेर राजालाई ती बैद्य र भुतले प्रमाण जुटाउन सकेन् । प्रमाण जुटाएर भोटो लिन आउनू भनेर राजाले दुवैलाई भनेपछि कसैले प्रमाण लिएर नआएपछि वर्षेनी जात्रमा भोटो कस्को हो भनेर रथको चारै सुरबाट देखाउने चलन चलिएको छ ।


यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ । करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ वि.सं. ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए । रथलाई जात्रा अवधिभर ललितपुरको टोल घुमाउने प्रचलन रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल