काठमाडौँ—वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ संघीय उपत्यका ललितपुरको जावलाखेलमा शनिबार ल्याएर भोटो देखाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । हरेक वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गराउने प्रचलन अनुसार २ महिनादेखि तानिएको रथ जावलाखेल ल्याइएको हो । रथ जावलाखेलमा भोटो देखाएर जात्रा सकिएको छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिन्छ । यस जात्रामा संघीय उपत्यकावासीले श्रद्धापूर्वक पूजापाठ र भोज खाने गर्छन् ।

परापूर्वकालमा कर्कोटक नागराजका नागिनको आ“खामा समस्या देखिए छ । उनी नागीनको उपचारका लागि बैद्य खोज्दै हिंडेपछि बल्ल बैद्य फेला पारेर ल्याई उपचार गराए । केही दिनपछि बैद्यलाई आफूले गरेको उपचारले नागीन ठीक भएकी भइन्न् बुझ्न गए । नागीनको आँखा ठीक भएकाले बैद्यलाई मिठान्न बनाई खुवाएर उपहार स्वरुप एउटा मणि जडित भोटो दिए । उनी भोटो लगाएर खेत खन्न जाने गर्थे । खेतमा जँदा मणि जडित भोटो शौच गर्दा नलगाउनु भनेकाले वैद्यले फुकालेर खेतको आलीमा राखे । एउटा भुत त्यहींबाट आएर जानेक्रममा आलीमा वैद्यले राखेको भोटो देखेपछि लगाएर हिंड्यो । बैद्य भुतको पछिपछि जांदा अहिलेको जावलाखेलमा रातोमच्छिन्द्रनाथको जात्रामा भुत उभिएर जात्रा हेरेको देखे । भुतलाई समोतर भोट माग्दा दिएन । खोसासोस भएपछि राजा नरेन्द्र देवले देखे । अनि भोटोको कसको हो भनेर राजालाई ती बैद्य र भुतले प्रमाण जुटाउन सकेन् । प्रमाण जुटाएर भोटो लिन आउनू भनेर राजाले दुवैलाई भनेपछि कसैले प्रमाण लिएर नआएपछि वर्षेनी जात्रमा भोटो कस्को हो भनेर रथको चारै सुरबाट देखाउने चलन चलिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल