काठमाडौँ–श्रीलंका सरकारले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको भनेको छ । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले अर्थव्यवस्था टाट पल्टिएको जनाए ।

हालै संसद्लाई सम्बोधनको क्रममा उनले मुलुक संकटग्रस्त भएको बताए । अहिले श्रीलंकामा इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव छ । श्रीलंकाली अर्थतन्त्रलाई नियन्त्रणको विन्दुमा ल्याउन अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागिएको छ ।

श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत साझेदार संस्थासँग सहयोगको अपिल गरेको छ । उनले ’हाम्रो अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले सम्बोधनको क्रममा भने ।

श्रीलंका स्वतन्त्रता भएताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुदा अभावले इन्धन अभाव, खाद्यान्न र औषधीको चरम अभाव छ । थोरै उपभोग्य वस्तु संचित भएपछि भाउ अकासिएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

देशको कठिनाई बाबजुद प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमसिंघले पनि तत्कालै श्रीलंकाली अर्थतन्त्रलाई सुधारको विन्दुमा ल्याउन नसक्ने उनको आलोचकले भन्दै आएका छन् । उनले आफ्नो बचाउको लागि अघिल्लो सरकारको उपज भएको र अर्थतन्त्र उकास्न लागि परेको जनाए । इन्धन आपूर्ति गर्ने श्रीलंकाली आयल निगम उधारोमा गएपछि चुलुम्मै ऋणमा डुबेको छ । श्रीलंकाली प्रधानमन्त्री विक्रमसिंघेले सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको जनाए ।

त्यही ऋणका कारण कुनै देशले पनि ईन्धन आपूर्ति गर्न तयार नभएको जनाए ।एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल