काठमाडौ– संघीय राजधानी काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको छ ।

त्यहाँ रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म उपत्यकाका १७ जनामा हैजा संक्रमण पुष्टी भएको छ । उक्त महाशाखाका निर्देशक चिकित्सक चुमनलाल दासका अनुसार उपत्यकाका ९ वटा ठाउँमा हैजा संक्रमण भेटिएको बताएका छन् । ती स्थानहरु डिल्लीबजार, बागबजार कपन, सानेपा, बालाजु, बोहोराटार, बल्खु, थानकोट र नैकाप लगायतका छन् । संक्रमित मध्ये ६ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत् छन् । केही निको भएर फर्किका छन् ।

सरूवा रोग विशेषज्ञ चिकित्सक शेरबहादुर पुनले हैजालाई सामान्य झाडापखला ठानेर गम्भिर भएर उपचारमा लाग्न विरामीलाई आग्रह गरेका छन् । समयमै हैजाको उपचार नपाए छिटै बिरामीको ज्यान जान सकने बताए ।

कारखानाबाट उत्पादित पिउने पानी स्वच्छ सफा र पिउन योग्य नबनाई मुनाफायुक्त ढुंग हेरिनुले मानव स्वास्थ्यमा असर पुर्याएको बताइएको छ ।

संघीय उपत्यकामा हैजा फैलिनमा सरकार लगायत सरोकार निकाय कति जिम्मेवार दिएको छ भनेर प्रश्न उठेको उपभोक्ताहरु प्रश्न गर्न थालेका छन् । सहरी क्षेत्रमा अहिले देखिएको हैजाले राजधानीमा रहेका नीति निर्मातालाई समेत गिज्याएको र यसले दुर्गममा बेलाबेलामा फैलिने झाडापखाला लागेर ज्यान गएमा अचम्मित हुनुपर्ने कारण नरहेको एक राजधानीवासीले जनाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल