काठमाडौँ–नेपालका प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राज्य अमेरिकाको सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

उनी औपचारिक भ्रमणमा क्रममा रहेका शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग शिष्टाचार भेट गरेका छन् ।

त्यसैगरी मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उप–सहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि भेट गरेका छन् । भेटको क्रममा नेपाल र अमेरिकाबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापति शर्माको टोलीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ । साभारः कान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल