नुवाकोट–राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटको सदरमुकामस्थित विदुरमा मसाल जुलुस निकालेको छ ।
उक्त पार्टीले आफ्नो कार्यालयबाट शुक्रबार सा“झ मसाल बालेर नाराजुलुस निकालेको थियो । उक्त पार्टीका जिल्ला अध्यक्ष कुलबहादुर खड्गीको नेतृत्वमा नाराजुलुस सहित मसाल निकालेपछि प्रहरीले हस्तक्षेप गरी मसाल खोजेर निभाएको थियो ।
मसाल जुलुस विदुरचोकमा नारा लगाउदै समापन भएको थियो । मसाल बालेर पार्टीका नेता तथा कार्यकर्ताले हिन्दू राष्ट्र कायम गर, किसानलाई मल दे ,सघीयता खारेज गर, मंहगी नियन्त्रण गर नारा लगाउदै २२ बुद्धे माग सरकारले पूरा गर्नुपर्ने बताएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !