काठमाडौं– श्रीलकामा इन्धनको भण्डार रित्तिने भएको छ । सात दशकमा सबैभन्दा चरम आर्थिक संकट खेपिरहेको छ ।

माग अनुसार वितरण गरेमा एक दिन मात्र पुग्ने उर्जा मन्त्री कञ्चन विजेशेकरले जनाएका छन् । उर्जा मन्त्रालयका अनुसार अब दुई सातापछि मात्र थप पेट्रोल आइपुग्ने छ । इन्धन, खाद्यपदार्थ र औषधि आयात गर्न गाह्रो परिरहेको अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनलाई डीजल र पेट्रोल बेच्न रोक लगाएको थियो । श्रीलंकामा तेल हाल्न दुई दिनको पास समेत दिइएको छ ।

श्रीलंकामा करिब १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल बाँकी छ । पेट्रोलको अर्को खेप १७÷१८ दिनपछि आउने अनुमान छ । उर्जामन्त्री विजेशेकरले इन्धन र कच्चा तेल आयात गर्ने योजनाका लागि चाहिने रकम नभएको जनाएका छन् । श्रीलंकाको केन्द्रीय बैकले इन्धन खरिद गर्न १२ दशमलव ५ करोड डलर दिन सकेको छ । अहिले ल्याउन खोजिएको इन्धन ५८ दशमलव ७ करोड डलर तिर्नुपर्छ । इतिहासमा पहिलोपटक ऋण तिर्न श्रीलंका विफल भएको छ ।

यही वर्ष ७ वटा कम्पनीमार्फत किनेको तेल ८० करोड डलर तिर्न अझै बाँकी छ । श्रीलंकामा आगामी सातासम्म निजी सवारीसाधनलाई तेल बेच्न विक्रेताहरुलाई रोक लगाइएको छ ।

सन् १९७० को दशकमा इन्धन आपूर्तिमा देखा परेको संकटपछि तेल बेच्न रोक लगाउने श्रीलंका पहिलो देश भएको त्यहा“का विज्ञहरुले जनाएका छन् । त्यसबेला अमेरिका र युरोपमा इन्धन बेच्न लगाइएको थियो । सन् १९४८ मा श्रीलंका बेलायतबाट स्वतन्त्र भएको थियो । त्यसपछि श्रीलंकाले भोगेको सबैभन्दा आर्थिक संकट हो ।

श्रीलंकामा अहिले अत्यावश्यक सामग्री आयात गर्न विदेशी मुद्रा अभाव छ । श्रीलंकामा कर्मचारीको तलब र ज्याला भुक्तानीका लागि नयाँ पैसा छाप्नु पर्ने अवस्था छ । अतिआवश्यक वस्तु इन्धन, खाद्यान्न र औषधिको चरम अभावका कारण महंगी ह्वतै बढेको छ । सवारीसाधनबाट भर परेका स्थानीयको खर्च पनि बढेको छ ।

गत साता बिहीवार अन्तर्राष्ट्रिय मदु्रा कोष आईएमएफको टोलीले देशको आर्थिक संकट पार लगाउनका लागि ३ अर्ब डलरको सहमति गर्न वार्ता गरेको थियो । इन्धन उत्पादक देश रुस र कतारबाट सस्तोमा तेल पाइन्छ कि भनेर बुझ्न श्रीलंकाले पदाधिकारी देशमा पठाएको थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल