काठमाडौं– जापानका पूर्व प्रधानमन्त्री ूशिन्जो आबेको निधन भएको छ । बिहीबार जापानको पश्चिमी सहर नाराको रेल स्टेसन नजिक स्टम्प भाषण दिइरहेका बेला उनलाई आक्रमणकारीले गोली हानेका थिए । उ

नी ६७ वर्षका थिए । गोली हान्ने संदिग्ध आक्रमणकारीलाई घटनास्थलबाटै गिरफ्तार गरिएको थियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त घटनाको नेपाल सरकारले घोर भत्सना गरेको छ ।


‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ भनेको छ ।

नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका छ । उनी सन् २०१२ देखि २० सम्म प्रधानमन्त्री बनेका थिए ।

साभार एजेन्सीबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल