काठमाडौं– श्रीलंकामा अर्थतन्त्र टाट पल्टेपछि बढेको जनविद्रोहले उग्ररुप लिएपछि सैनिकको सुरक्ष्ाँमा लुकेर बसेका राष्ट्रपति गोटावाय राजपाक्ष भागेर माल्दिभ्स हुंदै सिंगापुर पुगेर राजीनामा दिएका छन् ।

दुईदशक लामो वंशवादी शासन धरासायी भएको छ । अझै देशमा आन्दोलन रोकिएको छैन । आर्थिकरुपले ध्वस्त भएको देशलाई विधिको शासनमा ल्याउन अझै समय लाग्ने भएको छ । जनविद्रोहले ५ औं दिन पनि राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय पनि नियन्त्रणमा लिएका छन् । प्रदर्शनमा उत्रेका आन्दोलनकारीले सांसदेखि प्रधानमन्त्री तथा राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

श्रीलंकामा २ सय ६५ सांसद छन् आन्दोलनकारीहरु नेतृत्वको पूरै अपरिहार्य परिवर्तन चाहेका छन् ।

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि पनि गम्भीर आर्थिक संकटबाट जुझिरहेको श्रीलंकामा विदेशी मुद्राको संचिति नहुँदा बजारमा अभाव र मूल्यबृद्धि चुलिएको छ । गएको जनवरी महिनामा १२ दशमलव ५ प्रतिशतको रहेको महँगीको अनुपात अहिले ५५ प्रतिशत पुगेको छ ।

देशमा सामान्य गुजारा गर्नेको दैनिकी दिनानुदिन कठिन हुँदै गएको छ । देशभरका स्वास्थ्य संस्था, विद्यालय तथा सरकारी कार्यालयको सेवा नराम्रोसँग प्रभावित भएको छ । यो अवस्था सिर्जना हुनुमा राजनीतिक नेतृत्व जिम्मेवार रहेको भन्दै सर्वसाधारण ४ महिनादेखि सडक आन्दोलनमा छन् । आन्दोलनको दवाव थेग्न नसकेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षले पदत्याग गरेपछि रनिल विक्रमासिंघेले यो जिम्मेवारी लिएका छन् ।

आर्थिक संकट टर्ने भन्दा पनि गहिरिएर गएको छ । नेतृत्वमा रहेका दुवै नेताले पदत्याग गर्नुपर्ने माग गर्दै गत शनिबार आन्दोलनकारी राष्ट्रपति निवासभित्र पसेका थिए । बढ्दो जनदबाब कारण राष्ट्रपति राजपाक्षले राजीनामा दिने जानकारी सभामुख र प्रधानमन्त्री कार्यालयलाई राजीनामापत्र बुझाउने र जुलाई २० मा संसद्बाट नयाँ राष्ट्रपति चुनिने भनिएको छ ।

सरकारको निर्देशनमा राष्ट्रपति राजपाक्ष श्रीमती र दुई अंगरक्षकसहित देश छोडेर वायुसेनाकोि िवमानबाट माल्दिभ्सको राजधानी माले पुगेका छन् । राष्ट्रपति मुलुक छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका छन् । आन्दोलनकारीले विक्रमासिंघेले समेत राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । कार्यवाहक राष्ट्रपति तोकिएका विक्रमासिंघेले राष्ट्रिय टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै मुलुकमा संकटकाल घोषणा गरेका छन् । राजधानी कोलम्बोको पश्चिम क्षेत्रमा कर्फ्यु लगाइएको छ । कामु राष्ट्रपति विक्रमासिंघेले आन्दोलनकारीहरू मुलुकमा फाँसीवाद फैलाउन उद्यत रहेको आरोप लगाएका छन् । आन्दोलनकारीले दुईवटा सरकारी टीभी च्यानलको प्रसारण बन्द गरिदिएका छन् । प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का नेता सजित प्रेमादासाले सर्वदलीय बैठक डाकेर अन्तरिम सरकार बनाउन भनिएपनि उनको भनाई मान्न सरकार तयार देखिएको छैन । श्रीलंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगा राजनीतिक परिदृश्य देखेर चिन्ता बढेको बताएकी छिन् ।

बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका र माल्दिभ्सको असल कूटनीतिक र आर्थिक सम्बन्ध छ । श्रीलंकाले माल्दिभ्सका सेनालाई तालिम दिने गरेको छ । राजपाक्ष माले ओर्लिंदा माल्दिभ्सले सम्मान गर्दै स्वागत गर्न माले विमानस्थलमा सभामुख तथा पूर्वराष्ट्रपति मोहम्मद नसिद पुगेका थिए । त्यहा“बाट सिंगापुर पुगेका थिए ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल