काठमाडौँ– आर्थिक संकट व्यहोरिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाले नयाँ राष्ट्रपति रनिल विक्रमासिंघे पाएको छ ।

आर्थिक संकटपछि लगातार विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपछि गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि त्यहा“ बुधबार संसद्मा मतदान भई नयाँ राष्टपति चयन गरिएको हो ।


विक्रमासिंघेले १ सय ३४ मत ल्याएर आफ्नो दलभित्रका दलस दलस अलापेरुले ८२ मत पाई पराजित भएक थिए । संसदमा कुल २२५ संसद संख्या रहेकोमा जम्म खसेको २ सय ३ थियो । अर्का अनुरा कुमाराले ३ मत प्राप्त गरे । यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म कायम रहनेछ । गोटाबायाको बाँकी रहेको कार्यकाल नै हाल चयन भएका नयाँ राष्ट्रपतिको कार्यकालसम्मलाई मानिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन चाहिन्छ । श्रीलंकाली संसद्मा सत्तारुढ दल एसएलपीपी १ सय सिट छ । यो ठूलो पार्टी बनेको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) मा ५४ सांसद छन् ।

श्रीलंकामा विरोध प्रदर्शन बढेर उग्ररुप लिएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए । विरोध प्रदर्शनकारीले विक्रमासिंघेलाई पनि राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । यसअघि विक्रमासिंघे ६ पटक देशका प्रधानमन्त्री भइसकेका छन् । श्रीलंकामा विदेशी मुद्रा संचिति रित्तिदा स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ ।

जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएर त्यहा“को जनताको दैनिकी जीवनयापन कष्टकर बनेको छ । शिक्षा, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवा प्रभावित भएको छ । देशको अवस्था संकटग्रस्त हुनुमा तत्कालीन राष्ट्रपति राजापाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल