काठमाडौ– भारतको १५ औं नयाँ राष्ट्रपतिमा दौपदी मुर्मु निर्वाचित भएकी छन् ।

सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । उनी आदिवासीबाट भारतको सर्वोच्च पदमा पुग्ने पहिलो नेतृ हुन् ।

यही सन् २०२२ को १८ जुनमा भारतमा राष्ट्रपति निर्वाचन भएको थियो । उनलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीकातर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन रहेको थियो ।

झारखण्डकी पूर्वराज्यपाल समेत रहेकी ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौँदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध थिइन् । भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन् ।

भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको छ । सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा मुर्मुको जन्म भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी रहेको स्थान हो ।

मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरेपछि सरकारी जागिरे भइन् । सन् १९७९ मा उनी सिंचाइ विभागमा सरकारी कर्मचारी भईन् सन् २००० मा उनी भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मु सन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बनेकी थिइन् ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।
एजेन्सीको सहयोगमा


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल