नुवाकोट – वागमती प्रदेशस्थित नुवाकोट जिल्लाको विदुरनगरपालिका वडानम्बर ५ देवीघाटस्थित वडामहाराजाधिराज पृथ्वीनारायण शाहको देहावसान भए शालिक बनाइएको स्थानमा नेपाली सेनाले संरक्षण गरी उक्त बनाएको संरचना हस्तान्तरण गरेको छ ।

राजा पृथ्वीनारायण शाहको शालिकको संरक्षण गर्न बनाएको शौचालय, शालिक वरिपरि तीन छेउको पपर्खाल तथा रेलिङ, शालिक रहेको स्थानमा रेलिङ र आगन्तुकहरुलाई विश्रामस्थलका लागि फलामे फलैचा सहित निर्माण गरेको संरचना पृथ्वी स्मारक संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ । उक्त निर्माण गरिएको संरचना मंगलबार नेपाली सेना मध्य कमाण्ड हेडक्वाटरका सेनापति तथा उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरी समितिलाई हस्तान्तरण गरेका हुन् । राष्ट्र निर्माता तथा राजा पृथ्वीनारायण शाहको देहावसान भएको स्थानको संरक्षण तथा सम्बद्र्धनको लागि नेपाली सेना मध्य कमाण्ड हेडक्वाटरबाट विनियोजित बजेटबाट निर्माण गरिएको हो ।

उक्त संरचना हस्तान्तरण कार्यक्रममा विदुरनगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिमाल, नम्बर ६ वाहिनीपति, जबरजंग गणपति, जिल्लास्थित सुरक्षा निकाय र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल