काठमाडौं– प्रदेश १ को खोटाङ जिल्ला स्थित साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भुकम्पमा २८ वटा घरमा क्षति पु¥याएको छ । स्थानीय प्रशासनको तथ्यांक अनुसार साकेला गाउँपालिकामा २५ घर र हलेसी तुवाचुङमा ३ घरमा क्षति पुगेको छ । साकेला गाउँपालिकामा एकदर्जन घरमा बढी क्षति पुगेको छ भने १३ घरमा सामान्य क्षति पुगेको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका गंगा राई, वडा ९ सल्लेका ध्रुव पौडेल र वडा ५ दुर्छिमका तेजबहादुर नेपालीको घरमा क्षति पुगेको छ । स्थानीय प्रशासनले अन्य गाउ“पालिकाको समेत लगत लिने कार्य भैरहेको जनाएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटको समयमा खोटाङ जिल्लाको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्प जांदा स्थानीयवासी घरबाट बाहिर निस्केका थिए । भुकम्पबाट कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ । भोजपुरमा एउटा घर मात्र भत्केर क्षतिग्रस्त भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल