काठमाडौँ– संघीय सरकारले विहिबार प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबारका दिन प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले आगामी आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे । यसअघि सरकारले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरिसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल