नुवाकोट–नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

फोनिज आफ्नो स्थापना दिवसको अवसर पारेर निजी अस्पताल चक्रदेवमा प्राङ्गणमा १५ जनाले रक्तदान गरेको फोनिज नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङले जनाइन् ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटा, नेपाल पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाललगायत सहभागी थिए ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको रक्त सञ्चार सेवाको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वय रहेको थियो ।
साभारः डबलीखबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल