नुवाकोट–भीषण वर्षाले लगाएको बालीनाली तथा पशुचौपाया नष्ट हुनुको साथै पक्की पुल र जलविद्युत संरचना क्षति पुर्याएको छ ।


लिखुगाउ“पालिका १ र ३ जोड्ने राजधानी काठमाडौ जाने ढिकुरे–छहरे–टोखा जाने सडक अवरुद्ध सडक आंशिक रुपमा एकतर्फी खुलेको छ । ढिकुरेबजारभन्दा केही पर तादीखोलामाथि रहेको पक्की पुल ढिकुरेबजारपट्टी बाढीले सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।
त्यसैगरी तादी र पन्चकन्यागाउपालिका जोड्ने आ“प्रको पक्की पुलमा पनि क्षति भएको छ ।
तादि र पञ्चकन्या जोडने सातबिसे पुल, तादी ४ र दुप्चेश्वर जोड्ने भ्याङ्ले पुल क्षति पुर्याएर जोखिम भएको छ ।

त्यसैगरी दुप्चेश्वरगाउपालिका ३ रावतबेसी बाढी पहिरोले सिम्ले र कसेरी खेत बाढीले खेत सहित ५ सय रोपनी खेतमा लगाएको धानबाली सखाप पारेको वडाध्यक्ष ध्रुवकर केसीले बताए । कौकेश्वरी माविको कक्षा कोठामा भल पसेको छ ।

सूर्यगढीगाउ“पालिका ५ खारेखोलाले माछापोखरी ल्याउने सिंचाई कुलो र वरिपरिका खेत बगाएको छ । दुई घर बाढीले जोखिममा पारेको छ । पहिरोले लब्दु–माछापोखरी–बाहुबेसी सडक ठाउठाउमा क्षति पुर्याएको छ ।

३ को उद्धार÷ ५ मेगावाट जलविद्युत उत्पादन बन्द
तादीगाउपालिका ४ र दुप्चेश्वरगाउपालिका ५ बीच बग्ने तादीखोलामा निर्माण भएको बुधभुमि हाईड्रोपावरमा बाढी परेर ३ जना कामदारको उद्धार गरिएको छ । हाइड्रोपावरको सुरक्षाको लागि बसेका ती कामदार बाढी आएपछि बीचमा रहेको सुक्षित स्थानमा बसेर ज्यान बचाएपनि दुवैतिर खोलाको बाढीले वारिपारी जान सकेका थिएनन् । बुधबार बिहान सकुल उद्धार गरिएको छ । बा“धमा बाढीले क्षति पुर्याएपछि ५ मेगावाटको तल्लो तादीखोला जलविद्युत उत्पादन बन्द भएको छ । उक्त जलविद्युत बुद्धमूमि हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । बांध फुटेपछि उत्पादन बन्द भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जनाए ।

पहिरो गोठ झर्दा ७ बाख्रा मरे
अविरल बर्षाको कारणले म्यागङगाउ“पालिका २ बुङ्ताङमा नुर्बु तामाङको एक तले ढुङगा माटोले बनेको गोठ माथिबाट झरेको पहिरोले पुरेर बा“धेर राखेको ७ वटा बाख्रा मरेका छन् । उनले लगाएको सुन्तला बगैचा र जग्गामा लगाएको बाली क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले जनाए ।

सांसद र समितिव्दारा निर्देशन
मानवीय क्षति नभएपनि भारी वर्षाले जिल्लाको पूर्वीभेग र पश्चिम क्षति पुर्याएको बारेमा नुवाकोटमा सांसद हितबहादुर तामाङ, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र नुवाकोट ईन्चार्ज विमला सुवेदी लगायतले निरिक्षण गरेका थिए । त्यसैगरी जिल्ला विपद व्यवस्थापन समितिलाई क्षति बारे जानकारी लिई मानवीय क्षति हुन नदिन र भएका क्षतिका मुल्यांकन गरि तत्काल राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न साथै अवरुद्ध सडक संचालनका लागि पहल गर्न संवन्धित निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल