काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घरलाई भत्काएर नया“ घर निर्माण गरी संग्रहालयको रुप दिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले निर्माण गराएको उक्त घरलाई महाकवि देवकोटाको स्मृति दिवसको अवसर पारेर उद्घाटन गरिने भएको छ ।
२००४ सालमा निर्माण गरिएको उक्त घरमा महाकवि देवकोटाले आफ्नो समय बिताएका थिए । महाकवि देवकोटा २०१६ साल २९ भदौमा निधन भएको थियो ।
उक्त तीनतल्ले घर करिब ७ करोड लगानीमा निर्माण सम्झौता भएको थियो । त्यहाँ देवकोटाले प्रयोग गरेका सामान, उनका कृति, श्रव्य दृश्य सामग्रीहरु राखिने भएको छ । महाकविले बनाएको पुरानै नेपाली मौलिक परम्परा झल्कने शैलीमा संग्रहालय निर्माण गरिएको छ ।
महाकवि देवकोटाका परिवारले काठमाडौं मैतिदेवीमा रहेको १२ आना जग्गा सहित उक्त घर नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेर नया“ घर निर्माण गरि संग्रहालयको रुप दिएको हो ।
सरकारले आवश्यक बजेट विनियोजन गरेमा भूकम्पले जीर्ण बनेको घरलाई एक वर्षभित्र सङ्ग्रहालय बनाइने प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए । प्रतिष्ठानका अनुसार भुकम्पले घर चर्केको जनाउदै नया“ बनाएको छ ।
अन्य देशमा चर्चित तथा महान साहित्यकारहरु बसेको विरासतलाई साहित्यिक क्षेत्रको तीर्थको रुपमा हेरिने भएकाले जस्ताको तस्तै राख्ने चलन छ । त्यसलाई आधुनिक प्रविधि प्रयोग गरेर भएपनि पुरानै वस्तुलाई नभत्काई ईतिहास रच्ने चलन छ ।
महाकवि देवकोटाको भएको घरलाई भत्काएर नयाँ बनाइएको हो । महाकवि देवकोटाको पुरानो घर भत्काएर नयाँ घर पुननिर्माण गर्न लागेकोमा विभिन्न क्षेत्रबाट विरोध समेत भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !