काठमाडौँ — संयुक्त अधिराज्यकी अर्थात बेलायती महारानी एलिजाबेथ द्वितीयको विहिबार निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको समय बित्ने गरेको बीबीसीले जनाएको छ ।

नेपाल भ्रमण महारानीको दुई पटक
घाम नअस्ताउने देश भनेर चिनिएकी बेलायती महारानीले सन् १९६१ अर्थात् २०१८ सालमा नेपालका राजा महेन्द्र वीरविक्रम शाह समयमा उनले भ्रमण गरेकी थिइन् । त्यसैगरी सन् १९८६ अर्थात २०४३ सालमा राजा वीरेन्द्र वीर विक्रम शाहको पालामा गरी दुई पटक नेपालको राजकीय भ्रमण गरेकी छन् । उनी १९ देशकी महारानी थिइन् । बृटिश सामाज्यले विश्वका धेरै देश उपनिवेश बनाएकाले उनी त्यस देशकी रानीको रुपमा मान्यता पाएकी थिइन् ।

महारानी एलिजाबेथका सात दशक
एलिजाबेथ द्वितीयको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री परिवर्तन भएका छन् । ११७ देशको भ्रमण गरेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष हुन् । महारानी एलिजाबेथ द्वितीय आफैंमा एक जिउँदो इतिहास हुन् । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ९६ वर्षीया एलिजाबेथले जीवनमा थुप्रै उतारचढावको सामना गर्नुका साथै रेकर्ड पनि कायम गरेकी छन् ।
एलिजाबेथ विश्वकै लामो समय सत्तामा रहने शासकको सूचीमा फ्रान्सेली शासक लुइस १४ औं पछि दोस्रो स्थानमा छिन् । बीबीसीका अनुसार उनी संसारमा सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिहरूमा पर्छिन् ।

एलिजाबेथको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री र १४ अमेरिकी राष्ट्रपति परिवर्तन भएका छन् । एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पर्छिन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरिसकेकी एलिजाबेथ २१ हजार बढी समारोहमा सहभागी भइसकेकी छन् ।
बाल्यकालमा अधिकांश समय घोडा र कुकुरहरूसँग खेलेर बिताएकी एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी महारानी बन्ने सम्भावना लगभग शून्य थियो ।
तर सन् १९३६ (अर्थात १९९३ साल) डिसेम्बरमा राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि भने १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको हो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनिन् । पिताको निधनपछि २००९ साल अर्थात सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेकी हुन् ।
यिनै बेलायती महारानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेको ७० वर्ष पुग्दा ब्रिटेन उल्लासमय वातावरणमा झुमेको छ । ‘प्लेटिनम जुब्ली’ मनाउन सार्वजनिक बिदा दिइएको छ । बिहीबारदेखि चार दिनसम्म आयोजना हुने समारोहमा दसौं लाख मानिसले भाग लिइरहेका छन् । बिहीबार लन्डनमा आयोजित परेडमा सैयौं सैनिकसँगै ब्रिटेनको झन्डा बोकेका हजारौं मानिस सहभागी थिए ।
महारानी राजकुमार चार्ल्स, ड्युक अफ केन्टसहित अन्य शाही परिवारका सदस्यहरूमाझ राजदरबारको बाल्कोनीमा देखिएर सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएकी थिइन् । शुक्रबार सेन्ट पल्स गिर्जाघरमा ‘थ्यांक्स गिभिङ’ प्रार्थना गरिनेछ भने शनिबार राजदरबारमा आयोजना गरिने रात्रिभोजमा चर्चित कलाकारहरूले प्रस्तुति दिने छन् ।
राष्ट्रमण्डल सदस्य रहेका ग्रिनल्यान्डदेखि न्युजिल्यान्डसम्म ८० भन्दा बढी मुलुकमा आयोजना गरिने २ लाख बढी स्थानीय कार्यक्रममा लाखौं मानिस सहभागी हुने बेलायत सरकारले जनाएको छ ।
बेलायती संस्कृतिमन्त्री नदिन डोरिसले भनेकी छन्, ‘७० वर्षसम्म ब्रिटिस हुनुको अर्थ के हो भन्ने एउटा सर्वोच्च संकेतका रूपमा महारानी रहनुभएको छ । सुखमा होस् वा दुःखमा, उहाँको निरन्तर नेतृत्व र अडिग सेवा कैयौं मानिसका लागि प्रेरणाको रूपमा छ ।’
सत्तामा सात दशक बिताएकी एजिलाबेथले आफ्नो शासनकालमा निकै धेरै उतारचढाव भोगे पनि उनी कहिल्यै विचलित नभई राजतन्त्र सुरक्षित राखिन् ।
९६ वर्षीय महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारीहरू जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्दै आएकी छन् । महारानीले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला रानी बन्ने स्पष्ट पारिसकेकी छन् ।

महारानीका उतारचढाव
दोस्रो विश्वयुद्धपछि ब्रिटेन तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथ सिंहासनमा विराजमान भइन् । समयक्रममा उनले कैयौं पारिवारिक झमेला बेहोर्नुप¥यो । सन् १९९६ मा राजकुमार चार्ल्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्धविच्छेदले शाही परिवारप्रति आलोचना बढ्न थाल्यो । त्यसको अर्को वर्ष डायनाको पेरिसमा कार दुर्घटनामा निधन भएपछि झन् मानिस नकारात्मक बन्दै गए ।
अत्यधिक लोकप्रिय राजकुमारी डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको जनस्नेह जित्ने चुनौती रानीले सामना गरिन् । राजकुमारहरू विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ (२०५४ साल) मा पेरिस कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५(२०६२ साल) मा राजकुमार चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरे । दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरे । रानीले गत वर्ष आफ्ना पति गुमाइन् । छोरा एन्ड्रयुलाई यौन दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल