काठमाडौ– तीनदिन लगातार भारी वर्षाका कारण शुक्रबार राति अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा १२ जना स्थानीयको मृत्यु भएको छ ।

अझै ११ जना स्थानीय बेपत्ता र ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा ५ नाडामा २ जनाको शव फेला परेको छ भने ७ जना अझै बेपत्ता छन् ।

त्यसैगरी ढकारी गाउँपालिका वडा ६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ । त्यहँ पनि १ जना अझै बेपत्ता र ५ जना स्थानीय घाइते भएका छन् ।


कमलबजार नगरपालिका वडा ८ डुंगालामा ५ जनाको शव फेला परेको छ । १ जना घाइते भएका छन् । सोही नगरपालिकाकै वडा ६ हातीबाँझमा ४ जनाको शव भेटिएको छ । त्यहाँ पनि ३ जना बेपत्ता र ७ जना स्थानीय घाइते भएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । निरन्तर वर्षाका कारण अछाम जिल्लामा खानेपानी, बिजुली, सडक अवरोध हुनुका साथै जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल