काठमाडौं– अछाम जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँदगाउँपालिका र ढकारी गाउँपालिकाको पाँच वटा पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता र ३ जना गम्भिर घाइते भएका छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिकाको एउटा स्थानमा र ढकारीगाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई स्थानमा पहिरो गएर ठूलो मानवीय क्षति भएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तुर्माखाँद गाउँपालिका वडा ५ मा ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । त्यसैगरी कमलबजार नगरपालिका वडा ६ मा ७ जनाको मृत्यु भएको छ भने वडा ८ मा ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
ढकारीगाउँपालिका वडा ६ मा १ जनाको मृत्यु भएको छ । ढकारीकै वडा १ मा एक जना बेपत्ता भएका छन् । क्षतिको विवरण अझै आइनसकेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोमा परी घाइते भएकाहरुको खोज तथा उद्धार गरी ३ जनाको उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
बेपत्ताहरुको खोजी र भौतिक संरचनाको क्षतिको विवरण संकलन कार्य जारी छ । शुक्रबार रातिदेखि परेको भारी वर्षात्का कारण पहिरो गएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !