काठमाडौं–काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस मकवानपुर भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा विहिबार यात्रुवाहक मिनि बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
अहिले प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्धार भैरहेको मकवानपुर प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने बारेमा एकिन जानकारी नआएको प्रहरीले जनाएको छ । उक्त बा.३ ख ७८५८ नम्बरको मिनी बस दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुलेको छैन ।
उक्त बस घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको आंशका प्रहरीले छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !