काठमाडौं– मकवानपुर र रुकुम पूर्वमा छुटाछुटै गाडी दुर्घटनामा १२ जनाको मृत्यु, १६ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस मकवानपुर भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा विहिबार यात्रुवाहक मिनि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको भने रुकुम पूर्वमा ५ जनाको मृत्य भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । उनीहरू मध्ये ३ जनाको हेटौंडा अस्पतालमा उपचारपति थप उपचारका लागि चित्तवनको भरतपुर पठाइएको छ । घाइते २३ जनाको भने हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट हेटौंडा जांदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो । बसमा ३३ जना सवार थिए ।
त्यसैगरी रुकुमपूर्वमा गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटना भएको हो । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना भएको हो । मृतकको केही शव सनाखत हुन बाँकी छ ।
घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि अस्पतालमा लगिएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याएर घाइतेभएकालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।
साभार विभिन्न संचारमाध्यम
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !