काठमाडौ– गोरखा चुमनुब्रीगाउँपालिका वडा १ स्थित मनास्लु हिमाल आरोहण गर्न गएका पर्वतारोहीको आधार शिविरमा गएको हिमपहिरोमा परेर १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको आशंका गरिएको छ ।

हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनाएका छन् । चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको र त्यही पहिरोमा पर्वतारोही परेको उनले जनाए ।

मौसममा आएको खरावीका कारण मानवीय क्षतिबारे यकिन विवरण आएको छैन । मौसम खराव भएपछि दुई क्याम्पमा रहेको बढी गम्भिर घाइते ७ जनाको उद्धारमा कठिनाई भएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । गोरखाको सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएपछि बेसक्याम्पमा ल्याण्ड गर्न नसकेको प्रजिअ आचार्यले जनाएका छन् ।


गोरखा सामागाउँमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो क्यम्पबाट उद्धार गरेर सामागाउँ ल्याएको थियो । त्यसपछि कैलाश एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएको छ । २ जना घाइते डेन्जी शेर्पा र जीतबहादुर तामाङको करुणा अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।


साभारः विभिन्न एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल