काठमाडौँ— पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा उपमहानगरपालिका २२ अमलेखगञ्जमा विहिबार भएको यात्रुबाहक बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

९ जनाको मात्र सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा १२ जनामध्ये ९ को सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकालाई हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, १ जना मकवानपुर सहकारी र १ जना चितवनको भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये १० जना पुरुष र ६ जना महिला छन् । दुर्घटनामा परि ३२ जना घाइते भएका थिए ।

उनीहरुको हेटौंडा, चितवन र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा करिब ५० जना सवार नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस दुर्घटना भएको हो । त्यसैगरी रौतहटमा पनि जीप दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल