काठमाडौं –बंगालको खाडीमा न्यून चापीय क्षेत्रको विकास भएर देशका विभिन्न ठाउँमा लगातार वर्षाले बाढी आउन गई वस्ती डुवानमा परेका छन् भने ठूला नदीहरुमा पानीको सतह बढेको छ ।

वर्षासंगै आएको बाढीले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी प्रभावित बनाएको छ । बाँके, बर्दिया, नवलपुर, दाङ, पाल्पा, कास्की, बागलुङ लगायत जिल्लामा धेरै पानी परिरहेको छ ।

लगातारको वर्षाले नवलपुर गैडाकोटनगरपालिका २ मा ८० धुरी डुवानमा परेका छन् । त्यहाँको जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयलाई सुरक्षित स्थानमा राखिएको र सर्तक भएर रहन भनिएको छ ।


बाँके जिल्लाको राप्ती नदीको तटीय वस्तीक्षेमा पर्ने डुडुवागाउँपालिका १ को चौफेरी बस्तीका २ सय ५० धुरी डुवानमा परेका छन् । उनीहरुलाई नजिकको सुरक्षित र आस्रयस्थलमा राखिएको त्यहाँको प्रशासनले जनाएको छ ।

बर्दियाको बबई नदीमा आएको बाढीले हुलाकी सडक गुलरिया–नेपालगन्ज गुलरिया ११ को इन्द्रपुरमा बढीले सडक आवतजावत गर्न रोकिएको छ ।

पूर्वीनवलपरासीको गण्डकबाँधमा नारायणी नदीमा पानीको सतह बढेको छ ।
जल तथा मौसम विभाग मौसम महाशाखाले जनाए अनुसार गएको ४८ घण्टादेखि लगातार पानी परिरहेको छ । महाशाखाका अनुसार आइतबारबाट राम्ररी मौसममा सुधार आउने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल