काठमाडौँ– भारतमा भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षपदमा २४ वर्षपछि गान्धी परिवारबाट बाहिरिएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भई आएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर भारतीय कांग्रेस अध्यक्षमा निर्वाचित भए भने थरुरले १०७२ मत ल्याएर पराजित भए । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।

गान्धी परिवारका सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरुले खड्गेको उम्मेदवारीलाई समर्थनले उनले चुनाव जितेका थिए । भारतमा १ सय ३७ वर्षअघि कांग्रेस पार्टीको स्थापना भएको हो ।

यो अध्यक्ष छान्न ६ औं पटक चुनाव भएको हो । सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी अध्यक्षबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् । सन् २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बनेको २ वर्षमै राजीनामा दिएका थिए । सन् २०१९ मा भएको निर्वाचनमा उनी पराजित भएपछि राजीनामा दिएका थिए ।

दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे सन् १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनी छिमेकी जिल्ला गुलवार्गमा हुर्केका थिए । मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका उनी कानुनको अध्ययन गरेका छन् । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न भएका थिए ।

पार्टीका राज्य प्रमुख देवराज उर्सले उनलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिएका थिए । सो निर्वाचन क्षेत्रबाट उनी लगातार ९ पटक सांसद निर्वाचित भएका छन् । उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल