काठमाडौं– बझाङ जिल्लाको सिलदेवी मेला हेरेर फर्कँदै गरेको जीप मष्टा गाउँपालिका वडा –१ तुफान डाँडामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
१३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाउको छ । बुधबार दिउसो सदरमुकाम चैनपुरबाट मष्टागाउँपालिका वडा –२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेहरुको प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल सिमखेत पठाइएको प्रहरीले जनाएको छ ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !