काठमाडौँ– भारतीयमूलका ४२ वर्षिय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी छिन् । कन्जरभेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी गराए ।
गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेपछि कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार सोमबार ४ बजेसम्म मनोनयनका लागि समय दिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।
विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् ।
सुनक यसअघि बेलायतको अर्थमन्त्री भइसकेका छन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन्न गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।
साभारः एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !