काठमाडौं– डोटीमा मंलबार राति र बुधबार बिहनन गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु भएको सनाखत भएको छ ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा परेर ६ जनाको मृत्यु र ५ जना घाइते भएका हुन् । घाइतेको त्यहाँको अस्पतालमा उपचार भैरहेको छ ।
मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका वडा ३ गैरागाउँका एकै परिवारका छन् । स्थानीय ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलसी बोहरा रहेका छन् । उनीहरु घर भत्किएर च्यापिएर ज्यान गएको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युड, मंगलबार राति दुई पटक राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेट जाँदा ४ दशमलव १ को भूकम्प गएको छ । भुकम्पले डोटीका ग्रामीण भेगका दर्जनौं घरहरु भत्किएका छन् । भुकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्ला र भारतमा समेत महसुस गरिएको बताइएको छ ।
त्यसैगरी प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा ५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको त्यहाँको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !