काठमाडौं– पश्चिम नेपालको बझाङमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको छ । क्षतिको विवरण आएको छैन ।
कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि २४ गते बाजुरामा ४ दशमलव १, २२ गते डोटी केन्द्रविन्दु भएर लगातार भूकम्प गएका थिए । त्यसमध्ये एक ६ दशमलव ६ म्याग्निच्युडको रहेको छ ।
भूकम्पले ६ जनाको मृत्यु भएको थियो भने दर्जनौ घर क्ष्ँति भएको थियो । पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठूलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !